+
+

सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते २१:०७

२४ असार, धनगढी । कैलालीमा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–११ बस्ने ३५ वर्षीय महेशराम लावडलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए ।

उनकाअनुसार लावडले आफूलाई दिनेश विष्टको नामले चिनाएर सेनामा जागिर लगाइदिन्छु भन्दै डोटीको पुर्बीचौकी गाउँपालिका–७ बस्ने देबबहादुर बिकका परिवारबाट चार लाख २० हजार रकम लिएर फरार भएका थिए । उनले बिकलाई नेपाल सेनाको भान्से पदमा जागिर लगाउने भन्दै रकम असुली गरेका प्रहरीको भनाइ छ ।

उनी २०६२ देखि २०७३ सालसम्म नेपाली सेनाका जागिरे र पछि सुर्खेत ब्यारेकबाट जागिर छाडेर भागेको समेत अनुुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले लावडलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–९ को  शम्सेरगञ्जमा डेरा गरी लुकिछिपी गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?