+
+

माल्दिभ्समा हनिमुन मनाउँदै ‘हनी’ जोडी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १४:११

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र कलाकार तथा ज्योतिषी हरिहर अधिकारीको विवाहको एक वर्ष पुगेको छ । यी दुईलाई फिल्म वृत्तमा हनी जोडी नामले चिनिन्छ । विवाहपछि दुईको सहकार्यमा फिल्म ‘ह्रस्वदीर्घ’को पहिलो चरणको छायांकन भारतका विभिन्न ठाउँमा सम्पन्न भएको थियो ।

फिल्मको धपेडीले गर्दा यो जोडीले हनिमुन पनि मनाउन पाएको थिएन । यतिबेला भने यो जोडीले माल्दिभ्समा हनिमुन सेलिब्रेसन गरिरहेको छ । नीता र हरिहरले नीलो पानीले घेरिएको माल्दिभ्सको रिसोर्टबाट आकर्षक र रोमान्टिक तस्वीर सेयर गरेका छन् ।

इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै नीता लेख्छिन्, ‘फूललाई नसुहाउने पात काटनुपर्छ । दिललाई कुल्ची हिंड्ने लात काटनुपर्छ ।’ यो स्टाटसको सन्दर्भ एकातिर होला तर तस्वीर हेर्दा लाग्छ उनीहरुको होलिडे र हनिमुन रमाइलो ढंगले बितिरहेको छ । म्यारिज एनिभर्सरीको छेकोमा नीता र हरिहर बिदा मनाउन माल्दिभ्स पुगेका हुन् ।

तस्वीर : नीता ढुंगानाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?