 
																			२५ असार, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई भरिया बनाएर सुन तस्करी हुने गरेको पाइएको छ ।
यसरी सुन तस्करी गराएको आरोपमा प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केहीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव, कपिलवस्तुको सुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।
यस्तै, धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय पिधी पञ्जियार, बाँकेको राप्ती सोनारी ५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
सप्तरीको बोदिबर्साइन–१ का २८ वर्षीय रामेश्वर शाह, सिरहाको लहान–४ का लेलेन्द्रकुमार राउत, सिरहाको धनगढी–३ का २३ वर्षीय देवनारायण यादव, सर्लाही बरहथवाका ५६ वर्षीय गुमिक शाहलाई प्रहरीले सार्वजनिक गरेको छ ।
तस्करी गर्नेहरुले ५–१० हजार रुपैयाँ दिएर वा होटलमा निशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ ।
प्रहरीले उनीहरुलाई भरिया बनाउने गिरोहको पनि पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4