+
+
Shares

कांग्रेस नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १९:४१

२५ असार, नयाँदिल्ली । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन्।

अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका हुन्।

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिकलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ले सम्मानित गर्दै आएको छ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा समावेश गराएका थिए।

उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा योगदान पु¥याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य निधि सम्मानित भएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे । राजनीतिक परिवर्तनका लागि पहिले नेपालले त्यसपछि मात्रै भारतले सहयोग गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?