+
+

मिस नेपालहरुको गेट-टुगेदर : बाँडे मिस वर्ल्डको अनुभव

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १२:१२

काठमाडौं । बर्सेनि अघिल्ला र वर्तमान मिस नेपालहरु भेला भएर गेट-टुगेदर गर्ने गरेका छन् । एक किसिमले यो अहिले परम्परा नै बनिसकेको छ । साताअघि मिस नेपाल इन्टरनेसनल र अर्थले पनि यस्तै गेट-टुगेदर गरे । पछिल्लो साता मिस नेपाल वर्ल्डका सुन्दरी भेला भए ।

पूर्वमिस नेपाल वर्ल्डको क्लब समेत मानिने यो प्लेटफर्ममा यसपटक दुई सुन्दरीलाई स्वागत गरियो । मिस नेपाल २०२२ प्रियंकारानी जोशीलाई क्लबमा स्वागत गरियो भने मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानलाई क्राउनको लागि बधाई दिइयो । यो भेलामा १० जना पूर्वमिस नेपाल उपस्थित थिए ।

ललितपुर झम्सिखेलस्थित भिभान्तामा आयोजित भेलामा पूर्वमिस नेपालहरुले आफ्नो यात्रा र मिस वर्ल्ड प्रतिस्पर्धाको अनुभव सुनाएका थिए । ‘उहाँहरुले अनुभव सुनाउनुभयो । क्राउन अवसर भएको र यसलाई बलियो ढंगले प्रस्तुत गर्न सुझाव दिनुभयो,’ यो गेट-टुगेदरबारे वर्तमान मिस नेपाल वर्ल्ड सृच्छाले अनलाइनखबरसँग भनिन् ।

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले यो भेलाबारे लेखेकी छन्, ‘मिस नेपाल हुनु कुनै निश्चित कुरा होइन । यसले धेरै फरक पक्षलाई पनि स्वयंसँगै ल्याउँछ । यो सधैं इन्द्रेणी र पुतली पनि होइन, तर यो सधैं विनाश र उदासी पनि होइन ।’ मिस नेपालको यो भेलालाई लिएर सबै सुन्दरीले सामाजिक सञ्जालमा आकर्षक तस्वीर सेयर गरिरहेका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?