+
+
Shares
ब्युटी पेजेन्ट :

मिस वर्ल्डमा सहभागी हुन सृच्छा प्रधान भारत प्रस्थान

सन् २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन् । उनको ब्याचका विजेताले भने अघिल्लो वर्ष मिस अर्थ र मिस इन्टरनेसनलमा सहभागिता जनाइसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १४:४७

काठमाडौं । ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान बुधबार भारततर्फ प्रस्थान गरेकी छन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।

७ देखि ३१ मेसम्म भारतको तेलांगानाको हैदराबादमा यसवर्षको मिस वर्ल्ड आयोजना हुँदैछ । त्यसतर्फ प्रस्थान गर्नुअघि सृच्छाले जितको लागि आफूले उत्कृष्ट प्रयास गर्ने बताइन् । फिनालेका लागि आफू उत्साहित रहेको उनको भनाई छ ।

सन् २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन् । उनको ब्याचका विजेताले भने अघिल्लो वर्ष मिस अर्थ र मिस इन्टरनेसनलमा सहभागिता जनाइसकेका छन् ।

जलवायु अभियन्ता समेत रहेकी सृच्छाले वातावरण संरक्षणको सन्देश दिने ‘पञ्च प्रणाली’ परियोजनालाई मिस वर्ल्डमा प्रस्तुत गर्नेछिन् । मंगलबार बेलुका मिस वर्ल्डले तेलंगानामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको छ ।

बलिउड अभिनेता सोनु सुदलाई जजको रुपमा चिनाइएको छ । यसवर्ष १०९ जना प्रतिस्पर्धीले मिस वर्ल्डमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । फिनाले चाहिँ ३१ मेमा आयोजना हुनेछ । फिनालेमा सहभागी हुन नेपालबाट हिडन ट्रेजरको टोली पनि हैदराबाद प्रस्थान गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?