
२६ असार, विराटनगर । निजी विद्यालयमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थी मृत भेटिएपछि इटहरी उपमहानगरपालिकाले विद्यालयको छात्रावास अनुगमन गरेको छ ।
इटहरीको सेकेण्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय जेनिस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयले सञ्चालन गरेको छात्रावासको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले मृतक विद्यार्थी बस्ने सेकेण्डरी माध्यमिक विद्यालयको हेस्टेल बन्द गर्न निर्देशन दिएका छन् ।
न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै उनले तत्कालका लागि बन्द गराएका हुन् । नगरप्रमख पौडेलले सेकेन्डरी माध्यमिक विद्यालयले अब मापदण्ड पूरा गरेपछि मात्रै होस्टेल सञ्चालन गर्न दिइने बताए ।
सेकेण्डरी माध्यमिक विद्यालयमा मृत्यु भएका जेनिस श्रेष्ठको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि आफन्तले शव बुझेर मंगलबार दाहसंस्कार गरेका छन् ।
नगरप्रमुख पौडेल नेतृत्वको अनुगमन टोलीले पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास सुधारका लागि पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया 4