+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा कलाकारले दिए श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते ११:५७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा नेपाली फिल्म र संगीत क्षेत्रले पनि शोक व्यक्त गरेको छ ।

अभिनेत्री करिश्मा मानन्धरले पत्नी दाहालको तस्वीर सेयर गर्दै श्रद्धाञ्जली जनाएकी छन् । अभिनेता तथा फिल्म निर्माता रविन्द्रसिंह बानियाँले दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डप्रति समवेदना जनाएका छन् । उनले प्रचण्डको जीवन पनि फिल्मभन्दा कम नरहेको उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘जसरी फिल्ममा नायक, खलनायक चिन्न अन्तिमसम्म हेर्नुपर्छ । त्यसरी नै तपाईंको जीवन पनि फिल्म भन्दा कम छैन । नायक निर्माण घटना र संघर्षले र नियतले गर्ने हो । जीवनको यो उत्तरार्धमा जे जति गुमाएर यहाँसम्म आइपुग्नु भो तपाईं अब नायक बन्ने कि खलनायक तपाईंको हातमा छ । यो क्लाइमेक्स सजिलो छैन । सकेको गर्नुस् गर्न नदिए खुल्ला भएर जनतामा आउनुस् । अब गुमाउन के नै छ र ? जनताको लाभको अगाडि पार्टीको लोभ नगर्नुस् । तर जुन नेतृत्व क्षमता र भावुकता, लचकता तपाईंमा छ त्यो देख्दा असम्भव पनि लाग्दैन । जीवनरुपी फिल्मको नायक बनेर तपाईंको जीवन भरको लडाइँलाई संयोगान्त रुपमा रुप र सार दुवैमा गन्तव्यमा पुर्‍याउन लडाइँको मोर्चा मोर्चामा भने जस्तै यो शोकबाट शक्ति मिलोस् ।’

संगीतकार वसन्त सापकोटाले सीता दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । कमेडियनहरु सन्दीप क्षेत्री, हिमेश पन्त, अभिनेत्री श्वेता खड्का, चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठ, चलचित्र विकास बोर्डका सदस्यहरु राजु केसी, प्रवक्ता केएल बुढाथोकी, पपगायक सञ्जय श्रेष्ठ, अभिनेत्री रेखा थापा लगायतले समवेदना व्यक्त गरेका छन् ।

दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?