+
+

आगामी २६ भदौदेखि नाडा अटो शो हुने, बुकिङ खुला

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १३:०५

काठमाडौं । यस वर्षको नाडा अटो शो २६-३१ भदौसम्म काठमाडौंमा आयोजना हुने भएको छ । अटो शो आयोजना गर्दै आएको नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले मंगलबार यसबारे जानकारी दिएको हो ।

काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने शोका लागि आयोजकले बुकिङ समेत खुला गरिसकेको जनाएको छ ।

‘नाडा अटो शो २०२३’ मा विद्युतीय लगायतका चार पाङ्‍ग्रे, तीन पाङ्‍ग्रे र दुई पाङ्‍ग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायर-ट्यूब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरु राखिने छन् ।

एसोसिएसनका महासचिव सुरेन्द्रकुमार उप्रेतीकाअनुसार प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थाहरु समेतको सहभागिता रहने छ ।

झण्डै चार वर्षपछि हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा समेत राखिएको उनले बताए ।

कोभिड-१९ को दिर्घकालीन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसामा हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी बृहत हुने आयोजकले अपेक्षा गरेको छ ।

प्रदर्शनीमा नेपालभरका अटोमोबाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?