+
+

आमाबुवा र ७ छोराछोरीको बर्थडे एकै दिनमा, लेखियो गिनिज बुकमा नाम

एजेन्सी एजेन्सी
२०८० असार २८ गते १२:४९

एउटा परिवारका ९ जना सदस्यको जन्मदिन एकैदिनमा पर्दछ भन्ने कुरा पत्याउन गाह्रो पर्दछ । तर, पाकिस्तानको एउटा परिवारमा भने आमाबुवा र सात जना छोराछोरीको जन्मदिन एउटै दिनमा पर्दछ ।

परिवारका सबै ९ जना सदस्यको एउटै जन्मदिनका कारण उक्त परिवारले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।

समाचार अनुसार उनीहरु सबैको जन्मदिन अगष्ट १ तारेखमा हो । परिवारमा बुवा अमीर अली, आमा खुदेजासँगै उनीहरुका छोराछोरीहरु सिन्धु, ससुई, सपना, आमिर, अम्बर, अम्मार तथा अहमर सबैको बर्थडे एकैदिनमा अर्थात् अगष्ट १ मा पर्दछ । छोराछोरीहरुको उमेर १९ देखि ३० वर्षको बीचमा छ ।

अझ अनौठो त के भने अमीर अली र खुदेजाले अगष्ट १ तारेखमै विवाह गरेका हुन् । अर्थात् उनीहरुको वैवाहिक वर्षगाँठ र जन्मदिन दुवै एकैदिनमा पर्दछ । उनीहरुले सन् १९९१ मा आफूहरुको जन्मदिनकै दिनमा बिहे गरेका थिए र त्यसको ठ्याक्कै एक वर्षपछि सन् १९९२ मा पहिलो छोरीको जन्म भएको थियो ।

अमीर र खुदेजा दम्पत्तिको परिवारले सबैभन्दा धेरै सदस्यको एकैदिनमा बर्थडे भएको परिवारको रुपमा गिनिज बुकमा नाम लेखाएको मात्रै होइन उनीहरुका सातजना छोराछोरीको नाममा पनि छुट्टै रेकर्ड कायम भएको छ । अर्थात् एउटै मितिमा जन्मिएका सबैभन्दा धेरै सन्तानको विश्व कीर्तिमान ।

यो कीर्तिमान यसअघि अमेरिकी कमिन्स परिवारका पाँचजना बच्चाहरुको नाममा थियो । उनीहरुको जन्म सन् १९५२ देखि १९६६ को बीचमा एउटै तारेख अर्थात् फेब्रुुअरी २० मा भएको थियो ।

पाकिस्तानी परिवारका सात सन्तानहरुले उक्त अमेरिकी रेकर्ड भंग गरिदिएका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?