+
+

सुदूरपश्चिममा एमाले सांसदले दर्ता गराए खर्च कटौतीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १७:२२

३० असार, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १(क) अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मन्त्रालयका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि १९ करोड विनियोजन गरेकाले कटौती गर्न माग गरिएको छ । प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गरेको पनि एमालेले प्रस्तावमा उल्लेख गरेको छ ।

एमालेले मन्त्रालयहरुको भवन निर्माणमा बजेट विनियोजन गर्दा अख्तियारको दुरुपयोग समेत गरिएको बताएको छ ।

प्रदेशसभा सदस्य पाठकले खर्च कटौतीको प्रस्ताव अहिलेको सरकारले ल्याएको बजेटप्रतिको नीतिगत असमझदारी भएको बताए । बजेटमा विपक्षी दलले खर्च कटौतीको प्रस्ताव राख्ने संसदीय अभ्यास छ ।

प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । तर बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।

सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने पूर्वाधार विकास कार्यक्रमको ३ करोड बजेट बढाएर ५ करोड पुर्‍याउने सहमति गरेका छन् । त्यस्तै अनावश्यक योजना समेत हटाउने सत्तारुढ गठबन्धनमा सहमति छ । उक्त सहमतिबारे सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आआफ्नो संसदीय दलमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?