+
+

बीएमडब्लूको ‘आईएक्स–३’ नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १७:४८

काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको इलेक्ट्रिक एसएभी ‘आईएक्स–३’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स-३ नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने विश्वास कम्पनीले बताएको छ ।

नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय भेहीकलको माग बमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको कम्पनीले बताएको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

गाडीमा पानारोमिक ग्लास रुफको प्रयोग गरिएका कारण दिन र रातको समयमा खुल्ला आकाशको दृश्यावलोकन गर्न सकिने छ । गाडीको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउने कम्पनीले बताएको छ ।

नवीकरणीय स्रोतहरूको चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणालीको विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिवद्धतालाई आईएक्स–३ ले पूर्ण गरेको कम्पनीको भनाइ छ ।

काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम सञ्चालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।

पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहीकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?