+
+

फेसन डिजाइनरले खोले राजेश धाख्वाको नेतृत्वमा संस्था

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १३:०८

काठमाडौं । नेपाली फेसन डिजाइनरहरुले राजेश धाख्वाको नेतृत्वमा ‘फेसन डिजाइनर्स सेन्टर’ नाममा संस्था गठन गरेका छन् ।

नौ सदस्यीय कार्यसमितिमा सरिता तुलाधर उपाध्यक्ष, मुक्ता श्रेष्ठ महासचिव, अनु श्रेष्ठ कोषाध्यक्ष, रमिला नेमकुल सचिव छन् । यसैगरी सदस्यहरुमा मिसु श्रेष्ठ, मनिष राई, बिनी बज्राचार्य र सुष्मा सिंह छन् । आयोजित समारोहमा कार्यसमितिका सबै सदस्यले सपथ ग्रहण गर्दै कार्यभार सम्हाले ।

‘नेपाली फेसन डिजाइनरका लागि यो क्षण कोसेढुंगा हो,’ संस्था गठनपछि नवनियुक्त कोषाध्यक्ष श्रेष्ठले भनिन्, ‘ हामी यस सुन्दर उद्योगमा आफ्नो लागि मार्ग प्रशस्त गर्न एकअर्कालाई समर्थन, प्रोत्साहन र सशक्तीकरण गर्ने आशा गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?