+
+

अनमोलले भने- यस वर्ष मेरा कुनै पनि फिल्म हेर्न पाउनुहुन्न

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १३:४७
अभिनेता अनमोल केसी । फाइल तस्वीर

काठमाडौं । अभिनेता अनमोल केसीले २०८० सालभित्र आफूले काम गर्ने कुनै फिल्म पनि रिलिज नहुने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले २०८१ सालमा मात्र आफू अभिनित फिल्म दर्शकमाझ प्रदर्शन हुने जानकारी दिए ।

उनले भने, ‘यस वर्ष फिल्म सुटिङको काम हुने भए पनि रिलिज हुनेछैन । अर्को वर्ष मात्र फिल्म रिलिजको तयारी छ । दर्शकले २०८१ मा मात्र मेरा फिल्म हेर्न पाउनुहुनेछ ।’ होम प्रोडक्सन सुपर काजल्सको फिल्म, जेरी अनटप, रोहित अधिकारीले निर्माण गर्ने फिल्म र सुदर्शन थापाको प्रोजेक्ट आफ्नो पाइपलाइनमा रहेको उनले जानकारी दिएका छन् ।

‘तर कुनै फिल्म पनि कुन मितिदेखि ठ्याक्कै सुटिङमा जान्छन् भन्ने निधो छैन,’ अनमोलले भने, ‘यस वर्ष छायांकन त हुन्छन् तर प्रदर्शन चाहिं हुने छैन ।’ अनमोल अभिनित पछिल्लो फिल्म ‘छड्के २’ ले उनको करिअरमा चुनौती खडा गरेको थियो । हतार नगरीकन र समय लिएर मात्र उनी छायांकनमा जाने तयारीमा छन् ।

फ्यानले सामाजिक सञ्जालमार्फत अनमोलको फिल्मको प्रतीक्षा गरिरहेको जनाएका छन् । अनमोलको होम प्रोडक्सन फिल्म भदौदेखि सुटिङ हुने बताइए पनि यसबारे पनि विकास भइसकेको छैन । भुवन केसीले भदौदेखि नै छायांकन हुने बताइरहेका छन् । यस्तोमा पाइपलाइनमा टन्नै फिल्म रहे पनि कुन पहिले फ्लोरमा जान्छ भन्ने कुरा यकिन छैन जसलाई अनमोल स्वयंले पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?