+
+

नेपालको पासपोर्ट कम शक्तिशाली सूचीको आठौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १४:२४

३ साउन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको छ ।

सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट आठौं स्थानमा परेको हो ।

‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले विश्वका सबैभन्दा शक्तिशाली तथा कम शक्तिशाली पासपोर्टको नामसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको पासपोर्ट ३८ वटा मुलुकमा मात्रै अनरआइभल भिसा लाग्छ ।

सूचीअनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । सूचीको १०३ औं स्थानमा रहेको अफगानस्तानको पासपोर्टले २७ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ । त्यसपछि रहेको इराकको पासपोर्टले २९, सिरियाको पासपोर्टले ३०, पाकिस्तानको पासपोर्टले ३३, यमन र सोमालियाका पासपोर्टले ३५ स्थानमा अनअराइभल भिसा पाउँछन् । द्वन्द्वग्रस्त मुलुक प्यालेस्टाइनको पासपोर्ट र नेपालको पासपोर्टले भने ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।

यी मुलुकभन्दा उत्तर कोरियाको पासपोर्ट शक्तिशाली छ । उत्तर कोरियाको पासपोर्टले ३९ मुलुकमा यस्तो भिसा पाउँछ । त्यसभन्दा पछि बंगलादेशले ४०, श्रीलंका र लिबियाले ४१ त्था कोसोभोले ४२ देशमा अनअराइभल भिसा पाउँछन् ।

सूचीमा सबभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा रहेको सिंगापुर रहेको छ । त्यहाँको पासपोर्टले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछ भने त्यसपछि क्रमशः जर्मनी, इटली र स्पेनले १९० मुलुकमा अनअराइभल भिसा पाउँछन् ।

यो अध्ययन अन्तर्राष्ट्रिय हवाइ यातायात प्राधिकरण (आईएटीए) को विशेष डेटामा आधारित रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ । अध्ययनमा १९९ राहदानी र २२७ वटा यात्रा गन्तव्यहरू समावेश गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?