+
+

नेफटा फिल्म अवार्ड भदौ १७ गते अमेरिकामा आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते २०:१८

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ औं संस्करणको नेफ्टा फिल्म अवार्डको नयाँ मिति घोषणा भएको छ । आयोजक युएस खबर र फेम नेपालले बुधबार वक्तव्य जारी गर्दै आगामी सेप्टेम्बर ३ (भदौ १७)लाई नयाँ मितिको रुपमा घोषणा गरेका हुन् ।

पूर्वनिर्धारित जुलाई २२ को मितिमा आवश्यक तयारी नपुगेकाले नयाँ मितिमा अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक संस्था युएस खबरका सम्पादक ओम आचार्यले जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी उत्कृष्ट र सफल कार्यक्रम बनाउनको लागि अडिएका मात्र हौं, रोकिएका होइनौं । हामी निकै उत्साहित थियौं र छौं । हामी टिम थप मिहेनतका साथ अघि बढेको छ । हामी विश्वस्त पार्न चाहन्छौं, जसरी हामीले प्रचार प्रसार गरेका छौं, सोहि अनुसारको कार्यक्रम गर्नेछौं ।’

टेक्ससको ड्यालसमा अवार्ड समारोह तय गरिएको छ । यसअघि उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा पाँच उत्कृष्ट मनोनयन घोषणा भैसकेको छ । नेफ्टा अध्यक्ष पुष्कर लामाले अवार्डलाई भव्य र सभ्य तुल्याउन आफूहरु कटिबद्ध रहेको बताए । नेफ्टा अवार्डका अघिल्ला संस्करणहरु यसअघि नेपालसहित मलेसिया, हङकङ, युएई र कतारमा आयोजना भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?