+
+

प्रभास र दीपिका स्टारर साइन्स-फिक्सन फिल्म ‘कल्की’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १२:४२

काठमाडौं । अन्ततः दीपिका पादुकोण र प्रभास स्टारर प्रतीक्षित भारतीय साइन्स फिक्सन-फेन्टासी फिल्म ‘प्रोजेक्ट के’ले आधिकारिक शीर्षक प्राप्त गरेको छ । यो बहुप्रतीक्षित फिल्मको नाम ‘कल्की २८९८ एडी’ राखिएको छ । निर्माताले यसैसाता अमेरिकाको प्रतिष्ठित सान डिएगो कमिक कनमा मेलामा नाग आश्विन निर्देशित फिल्मको पहिलो झलक सार्वजनिक गरेका थिए ।

‘कल्की २९८९ एडी’को पहिलो झलकले भारतीय फिल्मका दर्शकले यसअघि कहिल्यै नदेखेको अनुभव देख्न पाउँदैछन् भन्ने कुरा बताउँछ । फिल्मको अद्वितीय र चाखलाग्दो टिजरले विज्ञान कथा र काल्पनिक भविष्यको सेटमा तयार पारिएको अन्धकार र विनाशकारी संसारको झल्को दिन्छ ।

तेलुगू सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणले निर्वाह गरेका पात्रहरु दुष्टसँग लड्न र भविष्यको संसारलाई बचाउन प्रयास गरिरहेको देखिन्छ । आफ्ना मानिस गरिबी र दुःखको सागरमा तड्पिरहेको बेला उनीहरुलाई आशा प्रदान गर्न यी दुई पात्रहरु चुनौतीविरुद्ध लडिरहेको देख्न सकिन्छ ।

प्रभास र दीपिका पादुकोणको साथमा, बलिउड सुपरस्टार अमिताभ बच्चन, अभिनेता पशुपति र प्रोजेक्ट के अर्थात् कल्की, २८९८ एडीका धेरै प्रमुख कलाकार टिजरमा देखा पर्छन् । यद्यपि निर्माताले नाग अश्विनको फिल्ममा मुख्य विरोधीको भूमिका निर्वाह गर्ने अनुभवी अभिनेता कमल हसनको चरित्रलाई अझै गोप्य राखेका छन् । फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने भनिएकी दिशा पटानी पनि प्रोजेक्ट केको झलकबाट हराएकी छन् ।

उत्साहपूर्ण तर जोखिमपूर्ण सोच

‘कल्की २८९८ एडी’ फिल्मको पहिलो झलकबाट निर्देशक नाग आश्विन र उनको टोलीले यो महत्वाकांक्षी परियोजनासहित भारतीय फिल्म विशेषगरी तेलुगू उद्योगमा यसअघि कहिल्यै नदेखेको क्षेत्रलाई अन्वेषण गर्न तयार छन् जस्तो देखिन्छ ।

‘प्रोजेक्ट के’को टिजरअनुसार यो फिल्म एक अनौठो विषयको वरिपरि घुम्छ जहाँ भविष्यमा हिन्दू पौराणिक कथाहरूको नभनिएका कुरा सार्वजनिक हुन्छन् । फिल्मको शीर्षकले भगवान विष्णुको दशौं अवतार कल्कीलाई दर्शाउँछ । टिजरमा यो अवधारणा एकै समयमा अत्यधिक रोमाञ्चक र उत्साहपूर्ण सुनिन्छ ।

टिजरमा भनिएको छ, ‘जब संसारलाई अन्धकारले कब्जा गर्छ । एक शक्तिको उदय हुन्छ ।’ तर फिल्मको कथावस्तुबारे केही खुलाइएको छैन । फिल्मको रिलिज मिति र थप जानकारी चाँडै बाहिर आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?