+
+

च्याट जीपीटी र गुगल बार्डलाई टक्कर दिन आउँदैछ एप्पल जीपीटी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १४:१२

५ साउन, काठमाडौं । विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ ।

ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा एआई च्याटबटको परीक्षण गरिरहेको छ । यद्यपि एप्पलले आधिकारिक रुपमा यसको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन । तथापि एप्पल जीपीटी आउने चर्चा चलेसँगै आम इन्टरनेट प्रयोगकर्ता तथा लगानीकर्ताहरुको समेत ध्यान आकर्षित भएको बताइएको छ ।

के गर्नेछ एप्पल जीपीटीले ?

एप्पल जीपीटीको सहयोगमा कम्पनीले केही नयाँ फिचरहरु उपलब्ध गराउन सक्दछ । त्यसको सहयोगमा टेक्स्टहरुको सारांश खिच्न सकिनेछ र डेटाको आधारमा प्रश्नहरुको जवाफ समेत दिन सकिनेछ । साथै उक्त एआईको क्षमतालाई अन्य एपहरुमा समेत आबद्ध गरिने बताइएको छ ।

एआई प्लाटफर्मको विकास गर्नका लागि एप्पलले एउटा टिम नै गठन गरेको छ । उक्त टिमको नेतृत्व जोन गियान्नान्ड्रियाले गरेका छन् जो एप्पलको मेसिन लर्निंग तथा एआई विभागका प्रमुख हुन् । एप्पलको आर्टिफिसियल इन्टेलिजेन्सले स्मार्टफोन, मोबाइल एप तथा भिजन प्रोलाई अझै उत्कृष्ट बनाउनमा सहयोग गर्नेछ ।

एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीबाट अपेक्षाकृत सफलता प्राप्त गर्न सकेको छैन । सिरीको प्रतिस्पर्धीको रुपमा गुगलको भ्वाइस असिस्टेन्ट पनि रहेको छ जसलाई ओके गुगल बोलेर एक्टिभेट गर्न सकिन्छ । एप्पलले नयाँ एआई प्लाटफर्मसँगै सिरीमा पनि थप सुधार गर्दैछ/छैन भन्ने बारेमा भने केही खुलेको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?