+
+

शिव परियारले ल्याए ‘तिमी हौ सबथोक मेरो’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते ११:२४

तिमी हौ सबथोक मेरो

त्यति त तिमीलाई थाहै होला

तिमीबिनाको के अर्थ मेरो

त्यति तिमीलाई थाहै होला

गायक शिव परियारको नयाँ गीत ‘तिमी हौ सबथोक मेरो’मा शब्द हुन् यी । प्रेमभावको यो गीतको शब्द रचना सागर फुयालले गरेका हुन् । गीतमा शिव परियारको संगीत र रिदम कँडेलको एरेन्ज छ ।

शुक्रबार राइजिङ मलस्थित क्युज सिनेमाजमा आयोजित पत्रकार सम्मेलनमा उक्त एल्बममा समावेश गीत ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरिएको हो । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । यो रोमान्टिक गीतमा मिरुना र अनुपलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

हरि हुमागाईंले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्माता सागर फुयाल हुन् ।  पत्रकार सम्मेलनमा बोल्दै गायक तथा संगीतकार परियारले यो नयाँ गीतलाई पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे । भिडियो निर्देशक निकेश खड्काले मायालु जोडीको भावलाई समेटेर गीत दर्शकमाझ ल्याइएको बताए ।

‘तिमी र म’ एल्बमका अन्य गीत क्रमश: सार्वजनिक गरिने गायक परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?