+
+

काँग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:५७

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताएका  हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दापनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनमा लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’

उनले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताए । उनले संविधान र कानूनलाई संशोधन गरेर भएपनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

‘ प्रदेशहरुको अधिकारलाई सुनिश्चित गरौँ । संविधान संशोधन गर्नुपर्छ भने गरौँ । कानूनमा संशोधन गर्नुपर्छ भने गरौँ ।’

उनले अहिलेको लागि गठबन्धन ठिक भएपनि आगामी निर्वाचनमा भने काँग्रेस एक्लैले बहुमत ल्याउनेगरी निर्वाचनको तयारी गर्नुपर्ने बताए ।

उनले भने, ‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली काँग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौँ । पार्टीको संगठन सुदृढीकरण गरौँ । बिस्तारित गरौँ । त्यस काममा हामी लागौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?