+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गगनलाई मिनेन्द्रको सुझाव : संसदीय दलको नेतामा धेरै मन नडुलाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:५९

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्नेमा नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए ।

‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं भनेर’, उनले भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भने, खोज्दै जाँदाखेरि संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’

६ पुस २०७९ मा भएको संसदीय दलको चुुनामा सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई पराजित गरेका थिए । पछिल्ला केही सार्वजनिक अभिव्यक्तिमा थापाले आफू संसदीय दलको नेता बदल्न अझै लाग्ने र शक्ति पुगेको दिन बदल्ने बताउँदै आएका छन् ।

केन्द्रीय सदस्य रिजालले कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बताए । यसपटक लाइभ गरेर सभापतिले ‘हात्ती सबैले छाम्न पाउन्’ भनेर लाइभ गरेको हुन सक्ने बताए । ‘हात्ती राम्रै छ सबैले छाम्न पाउन् देख्न पाउन् भनेर यो बैठक लाइभ भएको होला । एउटा समयपछि यसको उपादेयता पनि कम हुन्छ भन्ने मलाइ लाग्छ’ डा. रिजालले भने ।

बैठक कसरी सञ्चालन गर्ने भन्ने सभापतिको अधिकारको कुरा भए पनि यस विषयमा सभापतिले अरुको पनि परामर्श लिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?