+

जापानमा नासिरको नयाँ कीर्तिमान

२०८० साउन  ७ गते १७:१४ २०८० साउन ७ गते १७:१४
जापानमा नासिरको नयाँ कीर्तिमान

७ साउन,  काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नासिरले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेको फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।

उनले यसअघि आफ्नै नाममा रहेको ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमानमा सुधार गरेका हुन् ।

यसअघि नासिरले उक्त असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा उक्त कीर्तिमान बनाएका थिए ।

अब नासिरले सोमबार पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

 

 

नासिर याह्या हुसेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय