
४ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका ५ नेता एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत गएका हुन् ।
उनीहरु भाजपाको निमन्त्रणमा त्यता लागेका हुन् । उनीहरु भारतमा रहँदा ‘know BJP (भाजपालाई चिन्नुस्)’ भन्ने कार्यक्रमका साथै अन्य राजनीति भेटघाट पनि हुने भुसालले यसअघि नै बताएकी थिइन् ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले पार्टीको ४२औं स्थापना दिवसको अवसर पारेर अन्य दलका दलहरुसँग भाजपालाई चिन्नुस् नामक अन्तर्क्रिया कार्यक्रम गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4