+
+

एचसीसीएनको नयाँ डिनमा अग्रवाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:३५

काठमाडौं । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आयोजित कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसाहय प्रसाद यादव गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गरे ।

‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो । यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालमा लगानीका सम्भावना भएको क्षेत्रहरु धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । उनले एचसीसीएनका सदस्यहरुबाट प्रदान गर्ने सेवालाई सहज गर्न पहल गर्ने पनि बताए ।

कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गरिरहने बताए । नेपाल भ्रमणमा रहेका एचसीसीएन सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको पनि उनले बताए । प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार तथा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए ।

एचसीसीएनको नयाँ डिनमा अग्रवाल नियुक्त

साधारणसभाले एचसीसीएनको नयाँ डिनमा अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई चयन गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती गरिएको थियो । अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन् । उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा एचसीसीएनका नवनियुक्त डिन अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मबारीलाई निर्वाह गरेको बताए ।

२०७२ को विनाशकारी भूकम्प र कोभिडको महामारीका बेलामा पनि एचसीसीएन सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकका नागरिकको उद्धार गर्न र सुरक्षित रुपमा आफ्नो मुलुकमा फर्कन मद्दत गरेको उनले बताए ।

नवनियुक्त डिन अग्रवालले निवर्तमान डिन दिनेश श्रेष्ठ र उनको टिमलाई एचसीसीएनको महत्वलाई नयाँ उचाइमा पुर्‍याउन योगदान पुर्‍याएकोमा धन्यवाद समेत दिए ।

कार्यक्रममा उपराष्ट्रपति यादवले एचसीसीएनका पूर्व डिनहरु गजेन्द्रबहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनय मान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्त राज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्रकुमार खेतान (पोर्चुगल), आङछिरिङ शेर्पा (बेल्जियम), प्रदिपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड) लाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?