+
+

विश्व बक्स अफिसमा ‘बार्बी’ र ‘ओपेनहाइमर’को ब्लकबस्टर ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते ११:५१

काठमाडौं । अन्तर्राष्ट्रिय मिडियामा यतिबेला एउटा शब्द चर्चामा छ, बार्बेनहाइमर । विश्व बक्स अफिसमा एकसाथ रिलिज भएपछि ‘बार्बी’ र ‘ओपेनहाइमर’लाई संक्षिप्तमा ‘बार्बेनहाइमर’ भन्ने गरिएको छ ।

ग्रेटा गरविग निर्देशित फेन्टासी-कमेडी फिल्मले विश्व बक्स अफिसमा अपेक्षाभन्दा ‘ब्लकबस्टर’ ओपनिङ गरेको छ । फिल्मले पहिलो सप्ताहन्त विश्वभर ३३७ मिलियन डलर र ‘ओपेनहाइमर’ले १७४.२ मिलियन डलरको ओपनिङ गरेका छन् ।

मार्गरेट रोबी र रायन गोस्लिङ स्टारर फिल्म ‘बार्बी’ले ६९ वटा विदेशी बजारबाट मात्र १८२ मिलियन डलर कमाउन सक्यो । जुन गैरफ्रेन्चाइजी फिल्मका लागि आक्रामक ओपनिङ हो । सोही समयमा क्रिस्टोफर नोलन र सिलियन मर्फी स्टारर फिल्मले ७८ बजारबाट ९३.७ मिलियन डलर कमायो ।

अहिले विश्वभर चलेको ‘बार्बेनहाइमर’ ट्रेन्डले दुवै फिल्मको कमाइमा उछाल आएको हो । क्रिटिक्सले यी दुवै फिल्मलाई सकारात्मक समीक्षा प्रदान गरेका छन् भने दर्शकले मीठो प्रतिक्रिया दिएका छन् । हड्तालको कारण हलिउड बजार प्रभावित भइरहेको बेला यी दुई फिल्मको कमाइले हलिउडलाई राहत दिएको अनुमान गरिएको छ ।

वार्नर ब्रदर्स इन्टरनेसनल थिएटरिकल डिस्ट्रिब्युसनका अध्यक्ष एन्ड्रयु क्रिप्स भन्छन्, ‘सबै उमेरका दर्शकले रमाइलो र शक्तिशाली तरिकाले प्रतिक्रिया दिइरहेका हामीले देखेका छौं । रमाइलो र आकर्षक अनुभव प्रदान गर्ने फिल्म निर्माताको एकल दृष्टिकोणको प्रमाण हुन् यी ।’

फिल्म कन्सल्टिङ फर्म फ्रेन्चाइज इन्टरटेनमेन्ट रिसर्च चलाउने डेभिड ए ग्रोस भन्छन्, ‘यी फिल्मलाई हेर्नका लागि स्पष्ट रूपमा यो उत्कृष्ट सप्ताहन्त हो ।’ ‘बार्बी’ र ’ओपेनहाइमर’ बक्स अफिसमा एकअर्काका पूरक हुन्, दर्शकले एकअर्को भनेर विभाजन गरेका छैनन् । समर फिल्महरुले हलिउडमा राम्रो कमाइ गर्न नसकिरहेको बेला यी दुई फिल्मले हलिउडलाई उद्धार गर्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?