+
+

मन्त्रीको निर्देशनपछि भारतमा ‘ओपेनहाइमर’को विवादित दृश्य हटाइने, भएको के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १६:४०

काठमाडौं । हलिउड फिल्म ‘ओपेनेहाइमर’मा समावेश एक दृश्यलाई लिएर यतिबेला भारतमा चर्को विरोध भइरहेको छ । कतिपयले यो फिल्मको उक्त दृश्यले हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै आलोचना गर्दैछन् भने कतिपयले प्रतिबन्ध लगाउनुपर्ने माग राखेका छन् ।

फिल्मको एक इन्टिमेन्ट दृश्यमा नायिकाले हिन्दू धर्मग्रन्थ भगवत् गीता पढ्दै गरेको देख्न सकिन्छ । यो दृश्यले हिन्दू धर्मलाई बदनाम गरेको भन्दै विरोध चर्किएको थियो । यो विरोधका बीच भारत सरकारले नै उक्त दृश्य हटाउन सेन्सर बोर्डलाई सोमबार निर्देशन दिएको छ ।

केन्द्रीय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले हलिउड फिल्ममा समावेश उक्त आपत्तिजनक दृश्यलाई लिएर सेन्सर बोर्डप्रति असन्तुष्टि व्यक्त गर्दै हटाउन निर्देशन दिएको जनाइएको छ ।

‘एनडीटीभी’ले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार मन्त्री ठाकुरले फिल्मको एउटा दृश्यलाई लिएर आपत्ति जनाएका छन्, जसमा एक महिलाले अन्तरंग दृश्यका क्रममा हिन्दू धार्मिक ग्रन्थ भगवत् गीता पढिरहेको देखिन्छ । केन्द्रीय मन्त्रीले सेन्सर बोर्डलाई यो दृश्य कसरी पर्दामा रिलिजको लागि ‘क्लियर’ गरियो भनेर सोधेका छन् ।

उक्त रिपोर्टमा भनिएअनुसार केन्द्रीय मन्त्रीले सेन्सर बोर्डलाई उक्त दृश्य किन फिल्टर गरिएन भने प्रष्टीकरण सोधेका छन् । यति मात्र होइन, यो दृश्यलाई तत्काल फिल्मबाट हटाउन निर्देशन पनि दिएका छन् । स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएअनुसार मन्त्री ठाकुरको असन्तुष्टि यतिसम छ कि यसका लागि जिम्मेवार अधिकारीलाई छिट्टै कारबाही गर्न सकिने पनि उल्लेख गरिएको छ ।

क्रिस्टोफर नोलनको यो फिल्म परमाणु बमका पिता मानिने जे रोबर्ट ओपेनहाइमरको बायोपिक हो । शुक्रबारबाट विश्वभर रिलिज भएको फिल्मले दर्शकको निकै प्रशंसा पाइरहेको छ । भारतमा मात्रै फिल्मले तीन दिनमा ४८.७५ करोड भारुको नेट कलेक्सन गरेको छ । भारतीय दर्शकको एक वर्गले सामाजिक सञ्जालमा फिल्मको विरुद्धमा प्रचार पनि गरिरहेका छन् । यस विरोधमा केही हिन्दू संगठनहरू पनि संलग्न छन् र उनीहरूले ‘ओपेनहाइमर’लाई हिन्दुत्वमाथिको आक्रमण भनेका छन् ।

‘ओपेनहाइमर’ ग्लोबल बक्स अफिसमा आर रेटिङ प्राप्त गर्ने पहिलो फिल्म हो । तर स्टुडियोले यसको लम्बाइ घटाउनका लागि सेक्स दृश्यका केही सट काटिदिएपछि भारतीय सेन्सर बोर्डले यसलाई आर रेटिङ दिएको थियो । नेपाली सेन्सर बोर्डले भने उक्त दृश्यलाई सुरुमै हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?