८ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् ।
कार्यकाल पूरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबार गएर उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन् ।
भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे ।
नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जाँदैछिन् ।
प्रतिक्रिया 4