+
+

१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं : धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १५:१३

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने दाबी गरेका छन् ।

मंगलबार आफ्नो समूहले गरेको कार्यक्रममा उपसभापति गुरुङले अहिले नै सभापति बदल्न नसक्ने बताए नपुग्ने कुरा नगर्ने भन्दै उनले भने, ‘अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५औं महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’

त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने उनको दाबी छ ।

कानुनमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने बताए । एकपछि अर्को फाइल खोल्दै जानुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई समेत भनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?