+
+

रविलक्षित धनराजको बोली- एक दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सुशासन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १६:२४

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दाप्रति असन्तुष्ट देखिएका छन् ।

गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताए ।

महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानविन एक/दुई नभई सबै नेताको हुनुपर्ने बताए । एक/दुई जना नेताको मात्रै सम्पत्ति छानविन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो ।

‘एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानविन हुनुपर्छ,’ गुरुङले भने । नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्ने गुरुङको जोड थियो ।

उपसभापति गुरुङले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘सरकार मन्त्री र प्रधानमन्त्री मात्रै परिवर्तन गरेर केही हुँदैन । भएको मन्त्रीमण्डललाई सबैले सफल कार्यमा लगाउन सहयोग गरौं,’ गुरुङले भने ।

मन्त्री बन्न नपाएकाहरूले रिस पोख्न सरकार ढल्ने हल्ला चलाएको उनको आरोप थियो । कांग्रेसमा एक नेताले अर्को नेतालाई सार्वजनिक रुपमा गाली गर्दा नागरिकमा नैरश्यता पैदा हुने विचार राखे ।

गुरुङले भने, ‘घरको कुरा घरमा मज्जाले गर्न पाइन्छ, गर्ने हो तर नेता/नेता बीचमा सम्बन्ध नै नभए जसरी एकले अर्कोलाई गाली गर्न हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?