+
+

प्रत्यक्षतर्फ उम्मेदवार नै समावेशी समानुपातिक हुने गरी निर्वाचन प्रणाली बदलौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १७:२४

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणालीबाट एक दलले बहुमत ल्याउन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने बताए ।

प्रत्यक्ष तर्फको उम्मेदवार छनोट गर्दा नै समानुपातिक र समावेशी गरेर उठाउन सकिने उनले विकल्प सुझाए । ‘यस्तो निर्वाचन प्रणाली बनाएका छौं । बहुमतको सरकार बनाउन सम्भव नै छैन । प्रत्यक्ष निर्वाचनबाट समानुपातिक चरित्रको निवार्चन गर्न सक्दैनौं र ?’ काठमाडौंमा आयोजित एक  कार्यक्रममा भने ।

प्रत्यक्ष निर्वाचन मार्फत नै समानुपातिक र समावेशी बनाउन सकिने विकल्प उनले सुनाए । निर्वाचन प्रणालीमा परिवर्तन गर्न कांग्रेसले अरु दललाई विश्वासमा लिएर अग्रसरता लिनुपर्ने कोइरालाले बताए ।

‘यही निर्वाचन प्रणालीबाट गठबन्धनमा त जानै पर्दछ । चुनाव अघि गठबन्धन होइन, चुनाव पछि गठबन्धन गर्ने गरी एक्लै चुनाव लड्न सक्छौं भन्ने आँट अहिलेदेखि गरौं’, कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?