
कांग्रेस केन्द्रीय समिति बैठकको फाइल तस्वीर ।
१० साउन, काठमाडौं । केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु छलफलमा बसेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरु रमेश लेखक, मीन विश्वकर्मा लगायत रहेका छन् ।
यो बैठकले केन्द्रीय समितिको निर्णयको मस्यौदालाई अन्तिम रुप दिएपछि अपरान्ह ४ बजे बस्ने केन्द्रीय समिति बैठकले पारित गर्नेछ । मंगलबार बसेको पदाधिकारी बैठकले मस्यौदा तयार गर्नका लागि नेताहरुलाई जिम्मेवारी दिएको थियो ।
साउन २ देखि जारी केन्द्रीय समितिको बैठक बुधबार सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4