
१० साउन, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएकाहरुको कारबाही फुकुवा गरेको छ ।
स्थानीय र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई अस्वीकार गरेर विद्रोही उम्मेदवार भई निर्वाचित भएकाहरुलाई पार्टीमा फर्काइएको छ । केन्द्रीय समितिको बैठकमा बुधबार महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको कारबाही फिर्ताको प्रस्ताव सुनाए ।
‘पार्टीमा आफूहरुबाट भएको गल्ति स्विकारी पार्टीमा फर्कन निवेदन दिएकाले कारबाही फुकुवा गरिएको छ,’ शर्माले भने । यो प्रस्ताव निर्णय हुन बाँकी छ ।
कारबाही फुकुवा भएका जनप्रतिनिधिहरु
जंगीलाल राय– सर्लाही २ (क)
देवेन्द्रबहादुर शाही– चन्दननाथ नगरपालिका, जुम्ला
नमराज शाही– दैलेख, जिल्ला समन्वय प्रमुख ।
आजुसिंह कठायत– चन्दननाथ नगरपालिका, जुम्ला
मनोजकुमार साह– जनकपुरधाम उपमहानगरपालिका प्रमुख
प्रल्हाद कुमार क्षेत्री– बर्दिवास नगरपालिका प्रमुख
तारादेवी महतो– बर्दिबास नगरपालिका उपप्रमुख
भोला खड्का– बर्दिवास नगरपालिका–१, वडाध्यक्ष
रामस्वागरात यादव– बर्दिवास नगरपालिका– ७ वडाध्यक्ष
विजयकुमार महतो– बर्दिवास नगरपालिका–१४, वडाध्यक्ष
विन्देश्वर साह– बर्दिवास नगरपालिका कार्यपालिका सदस्य
अकल तामाङ– बर्दिवास नगरपालिका–४ वडाध्यक्ष
प्रमोद मोक्तान– बर्दिबास नगरपालिका– १० वडाध्यक्ष
लक्ष्मण सिंह– बर्दिबास नगरपालिका– १३ वडाध्यक्ष
प्रतिक्रिया 4