+
+

अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते ९:४४

११ साउन, काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।

कर्नेल अमादु अब्दराम अन्य नौ जना सैनिक अधिकृतहरुसँगै बसेर टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले देशको सुरक्षा व्यवस्था लगातार बिगि्रँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् ।

उनले स्थिति स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द रहने बताएका छन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि राति दश बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी पनि दिए ।

संयुक्त राष्ट्रसंघ र अमेरिका राष्ट्रपतिको पक्षमा

अमेरिकाले भने सेनाको हिरासतमा रहेका राष्ट्रपति बजुमलाई आफ्नो समर्थन गरेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बजुमलाई अटुट समर्थन रहेको बताएका हुन् ।

यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि राष्ट्रपति बजुमसँग कुराकानी गर्दै उनलाई पूर्ण सहयोग गर्ने बताएको बताएका छन् ।

राष्ट्रपति बजुमले पश्चिम अपि|mकामा इस्लामी उग्रवाद विरुद्धको लडाइँमा पश्चिमी देशलाई सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?