+
+

उद्धव थापा भन्छन् : सर्वाेच्चको आदेशमा विमति छैन, नयाँ प्रक्रियामा जान्छौं

हरि अधिकारी हरि अधिकारी
२०८० साउन ११ गते १६:४५

११ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका उद्धव थापाले सर्वोच्च अदालतको आदेशमा आफ्नो कुनै विमति नरहेको बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा सभामुख बाबुराम गौतम समेतको समर्थनमा २१ असारमा मुख्यमन्त्री बनेका थिए । तर सर्वोच्चले सरकार गठनमा सभामुखले समर्थन दिनुलाई असंवैधानिक ठहर गरेको छ र थापाको नियुक्ति बदर गरेको छ । पदमुक्त भएका थापाले फेरि सरकारको नेतृत्वमा दाबी गर्ने बताए ।

प्रस्तुत छ थापासँग गरिएको संक्षिप्त कुराकानी :

सर्वाेच्च अदालतको अन्तिम आदेशलाई कसरी लिनुभएको छ ?

सर्वाेच्चको आदेशलाई मैले मान्नुपर्छ । सर्वाेच्चले जे आदेश दिएको छ, त्यो मेरा लागि स्वीकार्य छ । मेरो त्यसमा कुनै विमति छैन । यो आदेशलाई स्वीकार गरेर हिड्नुको विकल्प पनि छैन ।

अब कसरी अगाडि बढ्ने ?

अगाडिको कुरा त पुनः प्रक्रियामा जानु भनेको छ, प्रक्रियामा जाने हो ।

फेरि सरकारमा कांग्रेसले दाबी गर्छ कि गर्दैन ?

गठबन्धनको निर्णय अनुसार कांग्रेसकै भागमा परेको छ । कांग्रेसको पालामा परेको छ । गठबन्धनबाट कांग्रेसले नै दाबी गर्छ ।

सरकार गठनमा सभामुखको प्रयोग गर्ने हिजोको कदम गलत थियो भन्ने लाग्छ ?

सभामुख पनि त प्रदेशसभाको सदस्य हो । उहाँले आफ्नो अभिमत त राख्न पाउनुहुन्छ । त्यो (सरकार गठन गर्दा हस्ताक्षर) आफ्नो अभिमत जाहेर गर्नुभएको मात्रै हो । अब सर्वाेच्चले नै ब्याख्या गरेपछि मेरो भन्नु केही छैन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?