+
+

‘गदर २’को ट्रेलर रिलिज गर्दै सनी देओलले भने : भारत-पाकिस्तानबीच द्वन्द्व हुनु हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १६:४५

काठमाडौं । कुनैबेलाको चर्चित भारतीय फिल्म ‘गदर’को दोस्रो श्रृंखलाको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्म स्टारहरु सन्नी देओल, अमिषा पटेल, उत्कर्ष शर्मा उपस्थित रहे ।

अनिल शर्मा निर्देशित यो फिल्म सन् २००१ मा रिलिज भएको ‘गदर : एक प्रेम कथा’को सिक्वेल हो । त्यतिबेला भारतसहित नेपालमा पनि यसले राम्रै कमाइ गरेको थियो । भारत र पाकिस्तानबीचको वैमनष्यताविरुद्ध प्रेमको सन्देश दिने यो फिल्म त्यतिबेला निकै रुचाइएको थियो ।

टिजर र केही गीत सार्वजनिक भएको केही दिनपछि बिहीबार ट्रेलर आएको हो । ट्रेलर लन्च समारोहमा अभिनेता देओलले भारत-पाकिस्तानविरुद्धको बैमनष्यता अन्त्य गर्नु जरुरी रहेको बताए ।

उनले भने, ‘यो लिने वा दिने भन्ने होइन मानवताको कुरा हो । द्वन्द्व हुनु हुँदैन, दुवै पक्षमा समान मात्रामा प्रेम हुनुपर्छ । यो भारत र पाकिस्तानबीच घृणा पैदा गर्ने राजनीतिको खेल हो, जुन यस फिल्ममा पनि देख्न सकिन्छ । हामी मूलतः एउटै भएकाले दुवै देशका आम जनता लड्न चाहँदैनन् ।’

‘गदर २’को ट्रेलरमा देओललाई उनको धेरै मनपर्ने पात्र तारा सिंहको रूपमा कमब्याक भएको देखाइएको छ । यो फिल्म सन् १९७१ को ‘क्रस इन्डिया आन्दोलन’ उत्कर्षमा रहेको अशान्त वातावरणको सेटिङमा आधारित छ । तारा र सकिनाको छोरा जीत पाकिस्तानमा पक्राउ परेका छन् र बुबाले उसलाई बचाउन लड्नुपर्नेछ । ट्रेलरमा भरमार एक्सन दृश्य, सशक्त संवाद भरिएको छ । सन्नी र उत्कर्ष पनि आइकोनिक गीत ‘मै निकला गड्डी लेके’को तालमा नाचिरहेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा सनीले ‘गदर : एक प्रेम कथा’लाई दिएको माया र समर्थनका लागि प्रशंसकप्रति कृतज्ञता व्यक्त गर्दै ‘गदर २’ले दोब्बर मनोरञ्जन दिने दावी गरे । उदित नारायण र अल्का याज्ञिकको स्वरमा रहेको ‘उड जा काले कावा’ र मिथुन र अरिजित सिंहको स्वरमा रहेको दोस्रो गीत ‘खैरियत’को म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

यो फिल्म साउन २६ गते प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?