+
+

कैलालीमा ७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १९:३३

११ साउन, धनगढी । कैलालीमा ठूलो परिणामको लागू औषध खैरो हेरोईनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले बिहीबार गोदावरी नगरपालिका-८ स्याउलेबाट दुई जनालाई पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए ।

पक्राउ पर्नेमा स्याउले बजारमा चम्फा ट्याक्टरको पाटपुर्जा पसल गरी बस्ने धनगढी उपमहानगरपालिका-५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र सोही ठाँउमा जेयसके फेन्सी स्टोर पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय मधुसुदन पन्त रहेको डीएसपी बरालले बताए ।

चौधरीको साथबाट ६ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम गरेर ७ ग्राम ३० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको छ । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?