+
+

गुल्मीमा ७ पटक म्याद थप्दा पनि ३ किलोमिटर सडक कालोपत्रे भएन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १३:२५

१२ साउन, गुल्मी । गुल्मी सदरमुकाम तम्घास खाम्सेपानी नयाँगाउ नादी सूर्यटारी सडकखण्डमा ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दासमेत कालोपत्रे हुन सकेको छैन। निर्माण व्यवसायीले पटक-पटक ठेक्का सम्झौता गर्ने तर काम नगर्ने हुँदा यहाँको सडक झण्डै ३ किलो मिटर सडक कालोपत्रे हुनबाट बञ्चित भएको हो ।

यो सडकमा निर्माण कार्य खण्ड-खण्ड रुपमा भइरँदा जनता आक्रोसित हुनु परेको स्थानीय रोमबहादुर गुरुङले बताए ।  उनले भने, ‘ एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम  हुन सकेको छैन । जसले गर्दाहामी स्थानीयहरूलाई रिस उठ्न थालेको छ। कति पटक सडक बनाउँछौं भनेर ढाट्‍ने ? यो त अति भयो । ‘

सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तर्गत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।

निर्मार्ण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन्। व्यवसायीले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । यो समयमा पनि कालोपत्रे गर्ने काम कुनै पनि भएको छैन।

सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायिले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरीकले सास्ती खेप्नु परेको हो ।

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो ।

सडक कालोपत्रे नहुदा त्यस स्थानका नागरिकले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । झण्डै ९ वर्षसम्म सडक अलपत्र हुँदा निर्माण व्यवसायीलाई काम पूरा गर्न पहल नभएको स्थानीय मुमाराम पाण्डेले बताए ।

उनले  भने,  ‘यतिका समयसम्म पनि कालोपत्रे गर्ने जिम्मा लिँदा काम गर्न नसक्नु दु:खको कुरा हो ।’ लामो समयसम्म सडक कालोपत्रे गर्ने कार्य नहुँदा त्यस भेगका नागरिकले गुहार पाएका छैनन ।’

उनका अनुसार सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरु बर्खायाममा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । ‘कालोपत्रे गर्ने गरि सडकको नाली र ग्राभेल गर्ने काम गरिएको थियो । तर अहिले ग्राभेल गरेको बिभिन्न ठाउँमा भत्कीदै गएको छ,’ उनी भन्छन्, ‘कलिपय स्थानल घाँसले झाँडी र सडक भत्कीदै गएपछि सडक साँघुरो हुँदै गएको छ ।’

सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास  सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ ।

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ ।

यता, सडकको बेस निर्माण र कालो पत्रे काम बाँकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताए । उनले निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्दा पनि कुनै पनि काम हुन नसकेको बताए ।

उनले भने, ‘निर्माण व्यवसायिले असारमा आएर केही दिन काम गरेझै गर्ने र म्याद थप्न गर्ने गर्दै आएको छ । यस वर्ष पनि काम हुन नसकेपछि निर्माण व्यवसायीले म्याद थप्नका लागि निबेदन दिएको छ ।’

निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न नसकेपछि कार्यालय पटकपटक बैंक ग्यारेन्टी तान्नका लागि पत्र पनि काटेर चौधरीले बताए । अब यसपनि काम सम्पन्न हुननसके ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ ।

यो सडक हुँदै रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभाम्भित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?