+
+

को बन्ला ओस्कारमा सर्वश्रेष्ठ अभिनेता ? लियोनार्दो डिक्याप्रियो वा किलियन मर्फी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १७:०२

काठमाडौं । आगामी मार्च १० मा ओस्कार अवार्ड आयोजना हुँदैछ । तर अहिल्यैदेखि सम्भावित विजेतालाई लिएर प्रक्षेपण सुरु भएको छ । यतिबेला कडा भिडन्त सर्वश्रेष्ठ फिल्म र अभिनेतालाई लिएर हुने देखिन्छ ।

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले अहिल्यैदेखि यी विधालाई लिएर प्रक्षेपण थालेको छ । जसअनुसार सर्वश्रेष्ठ अभिनेताको विधामा तीव्र प्रतिस्पर्धा हुन सक्छ । योबारे चर्चा गर्दा हालै सम्पन्न कान्स फिल्म फेस्टिभलतिर जानुपर्छ, जहाँ लियोनार्दो डिक्याप्रियो स्टारर क्राइम थ्रिलर ‘किलर्स अफ द फ्लावर मुन’ प्रिमियर भएको थियो ।

उक्त फिल्म प्रिमियरलगत्तै अभिनेता डिक्याप्रियोले दोस्रोपटक ओस्कार अवार्ड उचाल्न सक्ने चर्चा छ । अहिले आएर क्रिस्टोफर नोलन निर्देशित एटोमिक बम थ्रीलर ‘ओपेनहाइमर’ अभिनेता किलियन मर्फीले ओस्कार जित्न सक्ने चर्चा छ । सहअभिनेता र अभिनेत्री विधामा समेत ओपेनहाइमरबाटै कलाकार मनोनित हुन सक्ने देखिएको छ ।

आजको मितिसम्म अभिनेताको विधामा फिल्म ‘द होल्डओभर्स’बाट पल गियामाट्टी, किलर्स अफ द फ्लावर मुनबाट डिक्याप्रियो, ओपेनहाइमरबाट मर्फी, नेटफ्ल्क्सिको ‘माएस्ट्रो’बाट ब्राड्ली कुपर र नेटफ्लिक्सको ‘रस्टिन’बाट कोलम्यान डोमिंगो मनोनित हुने प्रक्षेपण गरिएको छ ।

प्रक्षेपणको दोस्रो रोजाइमा बब मार्ली : वन लभबाट किंग्सले बेन आदिर, फेरारीबाट एडम ड्राइभर, अमेरिकन फिक्सनबाट डेभिड स्ट्रथेरन र डम्ब मनीबाट पल डानो मनोनित हुने सम्भावना छ ।

सन् २०२३ को आधा ६ महिना बाँकी छ, यस्तोमा अन्य मनोनयनकर्ता पनि थपिन सक्छन् । अहिले हलमा चलिरहेको फिल्म ‘बार्बी’बाट रायन गस्लिङको पनि चर्चा छ । हलिउडमा हड्ताल जारी रहँदा भेनिस, टोरन्टो र टेलुराइडजस्ता फेस्टिभलबाट पनि नयाँ मनोनयनकर्ता आउन सक्छन् ।

भेनिसमा ब्राड्ली कुपरको फिल्म ‘मायस्ट्रो’ प्रिमियर हुँदैछ । नेटफ्लिक्स फिल्म ‘रस्टिन’ आसन्न टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदैछ ।

सर्वश्रेष्ठ फिल्म विधाको प्रक्षेपण

भेराइटीले यो विधामा अहिलेसम्म १० फिल्मलाई राखेको छ । जसमा किलर्स अफ द फ्लावर मुन, ओपेनहाइमर, माएस्ट्रो, पास्ट लाइभ्स, साल्टबर्न, द होल्डओभर्स, स्पाडरम्यान : एक्रस द स्पाइडरभर्स, मे डिसेम्बर, द जोन अफ इन्ट्रेस्ट र एयर समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?