+
+

रास्वपामा आबद्ध हुने भनेको उम्मेदवार हुनु होइन : रवि लामिछाने

'नेतृत्व सही छान्न सकेमात्रै मिसन ०८४ सफल हुन्छ'

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते १०:५०

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही व्यक्ति उम्मेदवार हुनुपर्ने बताएका हुन् ।

पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए ।

उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको दाबी गरे ।

देशमा राम्रा नारा सबैले लगाउने गरेको बताउँदै उनले नारामा नभई पारा राम्रो हुनुपर्ने बताए ।

सभापति लामिछानेले नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?