
काठमाडौं । केही साताअघि मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता एवं पाका कलाकार सानु ताम्राकार स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । उनको नर्भिकको आईसीयूमा उपचार भइरहेको छ ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शनिबार दिउँसो ताम्राकारलाई अस्पताल भर्ना गरिएको हो । निरौलाका अनुसार ताम्राकार बोल्न सक्ने अवस्थामा छैनन् । ‘उहाँ अहिले बोल्न र चल्न सकिरहनुभएको छैन,’ निरौलाले भने, ‘अहिले उहाँसँगको भेटघाट पनि बन्द गरिएको छ ।’
यसैबीच, सारुकको परिवार र चलचित्र कलाकार संघले प्रहरीमा पुगेर सारुकको मृत्युको प्रकरणबारे छानबिन गर्न दबाब दिने भएका छन् । ‘यतिबेला प्रहरीको छानबिन सुस्ताएको छ । छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन संघ र सारुकको परिवारले प्रहरीमा दबाब दिने तयारी गरिरहेका छौं,’ अध्यक्ष निरौलाले भने ।
सारुक गत महिना रातोपुलको शहीदमार्गस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनाको छानबिन गर्न परिवारले प्रहरीमा उजुरी समेत दिएको छ । तर अनुसन्धान अघि नबढेको गुनासो परिवार र चलचित्रकर्मीले गरेका छन् ।
प्रतिक्रिया 4