+
+

युरोपका ११ राजीनामा प्रकरण : यौन, चोरीदेखि झुटा प्रकरणसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १४:२०

१५ साउन, काठमाडौं । एक जोडी चश्माका कारण उच्च पदबाट राजीनामा दिनुपर्ने स्थिति आउला भन्ने कल्पना नर्वेका वामपन्थी नेता बिजोनार मोक्सले सायदै सोचेका थिए । ‌ओस्लोको विमानस्थलभित्रको पसलबाट महंगो चश्मा चोरी गरेको दृश्य क्यामेरामा कैद भएपछि  उनले पार्टीको नेताबाट राजीनामा दिनुपरेको  थियो ।

‘धेरै मानिसहरुले मलाई यस्तो मुर्खतापूर्ण काम गरेकोप्रति प्रश्न गर्छन्  तर यो विषयमा मैले उनीहरुलाई प्रर्याप्त व्याख्या गर्न सक्दिनँ’, उनले फेसबुकमा लेखेका छन् ।

उनी त एक प्रतिनिधिमात्रै हुन् । यौन चोरी तथा झुटा अभिव्यक्तिजस्ता कारण युरोपका ११ नेताले राजीनामा दिनुपरेको छ ।

संसदमै अश्लील दृश्य हेर्दा राजीनामा

बेलायतको कन्जरभेटिभ पार्टीका सांसद निल परिस संसदमै पोर्न भिडियो हेरेको अवस्थामा फेला परेका थिए । सन् २०२२ मा यो प्रकरण सार्वजनिक भएको थियो ।

परिसले यसलाई बहुलठ्ठी क्षण भनेका छन् । आफूले गुगलमा  ट्रयाक्टर खोज्दा पोर्न खुलेको उनको स्पष्टीकरण थियो । यो प्रकरणका कारण उनले संसदबाट राजीनामा दिनुपरेको थियो ।

 

सिगार र निजी जहाज प्रकरण

सन् २०१० मा हाइटीमा भूकम्प गएको थियो । फ्रान्सका विकास मन्त्री अलेन जोयनदले हाइटीलाई सहयोगको घोषणा गरे । मार्टिजिकमा भएको दाताहरुको सम्मेलनमा जानका लागि उनले निजी जहाज भाडामा लिए जसको खर्चमात्रै १ लाख १६ हजार ५०० युरो थियो । यो प्रकरणको ठूला समाचार बनेसँगै उनले राजीनामा दिएका थिए । करदाताको पैसा उडाउनेमा जोयनद मात्रै थिएनन् ।

राष्ट्रपति निकोलस सार्कोजी नेतृत्वको सरकारमा रहेका मन्त्री क्रष्टिन ब्लांकले पनि १२ हजार युरोको क्बुन सिगार खरिद गरेका थिए । त्यस सिगार सरकारी पैसाले खरिद गरेको पाइएसँगै उनले राजीनामा दिनुपरेको थियो । सिगारबारे प्रश्न गर्दा उनी भन्छन्, ‘मैले त हरेक दिन २ वटा मात्रै तानेँ । १२ हजार युरोको हजारौँ थान सिगार अरु क-कसले ताने मलाइ थाहा भएन ।’

करमा देखाएको पाखण्डीपन

फ्रान्सका अर्थमन्त्री थिए जेरोम चोजाक । उनी ट्याक्स हेभेन मुलुकमा लगानीको खुबै विरोध गर्थे . अन्तत उनैले त्यहाँ कम्पनी खोलेको मात्रै भेटिएन, उनले कर छली गरेको समेत खुल्न आयो ।

सन् २०१२ मा उनले २० वर्षदेखि स्वीस बैंकमा पैसा राखेको खुल्न आयो । पनामा पेपर्सले सबै विवरण सार्वजनिक गरेसँगै मुद्रा अपचलन र ट्याक्स छलीमा उनलाई दुई वर्ष जेल सजाय भयो । यो प्रकरणपछि उनले राजीनामा दिए ।

अश्लील सन्देश प्रकरण

सन् २०२० मा पेरिसमा मेयर पदको लागि चुनाव हुँदै थियो । रिपब्लिक एन मार्कबाट उम्मेदवार बन्नका लागि पार्टीभित्र तिक्ता झाँगिदै गएको थियो । इम्यानुएल म्याक्रोँका समर्थक बेन्जामिन ग्रिभक्स मेयर पदमा टिकट पाउने निश्चितझैँ भएको थियो ।

तर त्यसबैले उनले कुनै अपरिचित महिलालाई यौनजन्य ग्राफिक्स सन्देश पठाएको कुरा बाहिरियो । यौनजन्य सन्देश रहेका अश्लील म्यासेजमा स्क्रिनसट पनि भाइरल भएपछि उनले उम्मेदवार हुन पाएनन् भने पार्टीबाट राजीनामा दिनुपर्‍यो ।

स्त्रीसँग लठ्ठिँदा राजीनामा

अष्ट्रियाका उपचान्सलर हेन्ज क्रिष्टिन स्टर्च छुट्टी मनाउनका लागि इबिजा पुगेका थिए। त्यहाँ उनले एक रूसी महिला भेटे । ती महिलाले स्टर्चलाई आफू धनाढ्य रहेको र अष्ट्रियामा लगानी गर्न चाहेको कुरा सुनाइन् । उनले अष्ट्रियाको समाचारपत्र क्रोनेन जेतुङमा ५० प्रतिशत हिस्सा लिने प्रस्ताव राखिन् । फार राइट फ्रिडम पार्टीको एजेण्डाको प्रचार प्रसार गर्ने कुरा राखिन् ।

उनी ती महिलामा यत्ति लठ्ठिए कि ती महिलालाई उनले अष्ट्रियाको सार्वजनिक विकासमा ठेक्का दिलाउने प्रस्ताव राखे। निकै पछि ती महिला धनाढ्य नभएको खुल्न आयो ।

यो प्रकरणबारे निकै चर्चा भएपछि उपचान्सलरले आफू मदिराले लठ्ठ भएको समयमा होस नपुर्‍याउँदा यस्तो भएको जवाफ दिए । यो प्रकरणले सरकार नै ढलेको थियो ।

लागूऔषधसँगै २५ नग्न पुरुषको प्रकरण

जोसेफ सजार हंगेरीको दल फिदेजको उच्च तहका नेता थिए । कन्जरभेटिभ सिद्धान्तका उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक विरोधी थिए । सन् २०२० मा ब्रसेल्समा लकडाउनको उल्लंघन गर्दै पार्टी भइरहेको सुराक प्रहरीले पायो ।

प्रहरीले त्यहाँ २५ जना नग्न पुरूष फेला पार्‍यो  र हरेकको हातमा लागुऔषध समेत थियो । यो प्रकरणपछि सजारले राजीनामा दिए ।

सनक्रिम चोर

पाँच वर्षअघि म्याड्रिडको क्षेत्रीय प्रमुख थिइन् क्रिष्टिना सिफन्स । उनले छाला चाउरी  पर्न नदिने क्रिम चोरी गरेको भिडियो सार्वजनिक भयो ।

यो प्रकरण अनिच्छुक त्रुटि भएको कुरा उनले बताइन् । त्यस क्रिमको मूल्य ४० युरो रहेको थियो । मूल्य तिरपेछि उनलाई स्टोरका सुरक्षाकर्मीले रिहा गरेका थिए । उनले क्रिम चोरी गरेको प्रकरणले तहल्का पिटेपछि सिफन्सले पद त्यागेकी थिइन् ।

स्याण्डवीच चोरी

स्लोभेनियाका सांसद दरिज क्राजिकले एक पसलबाट स्याण्डविच चोरी गरेका थिए । यो प्रकरण सार्वजनिक भएपछिको स्पष्टीकरणमा उनले पसलको सुरक्षा जाँच र सामाजिक परीक्षणका लागि आफूले यसको गरेको बताएका थिए ।

उनले पछि त्यसको मूल्य तिरेपनि यो काम अनैतिक रहेको भन्दै दबाब आएपछि उनले राजीनामा दिनुपरेको थियो ।

युरोपेली आयोगमा बदमासी प्रकरण

 सन् १९९९ मा युरोपेली आयोगको नेतृत्व ज्याकुज सान्तरले गर्थे । भ्रष्टाचार प्रकरणमा उनी दोषी ठहर रहेको जाँचबुझ प्रतिवेदन सार्वजनिक भयो । त्यस प्रतिवेदनमा आयोगमा भ्रष्टाचारका साथै नातावाद, कृपावाद मौलाएको लगायतका अभियोग सहित १४० पृष्ठ लामो प्रतिवेदन बुझाइयो ।

तत्कालीन फ्रान्सेली प्रधानमन्त्री एडिथ क्रिसनले आयोगमा आफ्ना नातेदार धेरै नै भर्ती गरेको कुरा प्रतिवेदनमा आयो । उनले दन्त चिकित्सक रहेका नातेदारलाई पनि मोटो रकम बुझ्ने गरी आयोगमा भर्ती गरेको कुरा प्रतिवेदनमा आएसँगै सान्तरसहित उनको आयोगमा रहेका सबैले राजीनामा दिएका थिए ।

युरोपेली आयोगको भ्रष्टाचार प्रकरण

जोन डेली युरोपेली आयोगको स्वास्थ्य विभागको प्रमुख थिए । सन् २०१२ मा उनले स्वीडेनको एक सुर्तीजन्य पदार्थको कम्पीनबाट ६ करोड युरो लिन खोजेको विषय सार्वजनिक भएको थियो ।

युरोपेली आइगले सुर्तीजन्य पदार्थ स्नसलाई प्रतिबन्ध लगाउन खोज्दा स्वीडेनको त्यस कम्पनी सबैभनदा बढी मारमा पर्नेवाला थियो । प्रतिबन्ध रोक्ने भन्दै उनले त्यस रकम लिन खोजेका थिए । यो प्रकरणका कारण उनले राजीनामा दिनुपरेको थियो ।

 कर्मचारीसँगको प्रेम चक्करले राजीनामा

सन् २०१३ मा चेकोस्लोभाकिया प्रधानमन्त्री पेत्र निकेसले राजीनामा दिएका थिए । मुख्य सचिव जना नगयोभा भ्रष्टाचार तथा शक्तिको दुरुपयोग प्रकरणमा मुछिएको पाइएपछि उनले पद छोड्नुपरेको थियो । नागयोभाले आफ्नो गुप्त सेवाको फाइदा उठाएको अभियोग लाग्यो ।

नगयोभा र प्रधानमन्त्री नेकेसको अफेयर थियो । नेगयोगभाले शक्तिको दुरुपयोग गर्दै नेकसकी वास्तविक पत्नीको जासुसीमा सैन्य संयन्त्र खटाएको कुरा सार्वजनिक भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?