+
+

सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न डा. केसीको माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १८:१०

१५ साउन, काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाउँदा पनि शिक्षामन्त्रीले केही गर्न नसक्नुले आशंका बढाएको बताएका छन् ।

उनले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याउन पनि माग गरेका छन् । ‘आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिन चाहन्छौं’ केसीले भनेका छन् ।

केसीले २०७९ असोज ८ गते आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् । त्यतिबेला सरकारले केसीसँग सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउने तथा संचालनमा ल्याउने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने सहमति गरेको थियो ।

त्यस्तै सरकारी अस्पतालहरुमा विद्धमान शय्या अनुरुप स्थायी दरवन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरुवाट निशुल्क औषधि तथा उपचार प्रदान गर्ने पनि सहमति भएको थियो । यी माग पूरा नभए २९ साउनदेखि अनशन सुरु गर्ने डा. केसीले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?