+
+

मधेशमा छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन

मधेशमा कांग्रेसका मोहमद समिम र जनमतका चन्दन सिंह मन्त्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १७:३५

१५ साउन, जनकपुरधाम। मधेश प्रदेशका मुख्‍यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मुख्‍यमन्त्रीले सोमबार छैठौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी कांग्रेसका मोहमद समिमले पाएका छन् भने  श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले सम्हाल्ने भएका छन् ।

सोमबार नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले आजै पार्टीको निर्देशनमा राजीनामा दिएका  थिए।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए ।

योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।

हेर्नुहोस् प्रदेश प्रमुखबाट जारी विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?