
१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय मागेको छ ।
महानगरलाई पत्र लेखेर कार्यालय सार्नका लागि ३५ दिनको समय माग गरेको मेयरको सचिवालयले जनाएको छ ।
बिजुलीको हाइटेन्सन लाइन मुनि रहेको पार्टी कार्यालय हटाउने सबै तयारी गरेपछि राप्रपाले समय मागेको सचिवालयको भनाइ छ ।
महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न ३ दिनको समयावधि दिंदै सूचना जारी गरेको थियो ।
उक्त सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीको दलबल सहितको टोली सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेको थियो ।
तर राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए ।
प्रहरी प्रशासनले सुरक्षा व्यवस्थाको जिम्मा नलिएपछि कार्यालय हटाउन डोजर लैजान नसकेको नगर प्रहरीका एक अधिकारीले बताए ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4