+
+

सफ्टवेरिका कलेजद्वारा ‘स्मार्ट टेक्नोलोजी’ प्रदर्शनी, विजेतालाई पुरस्कार हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १९:३०

काठमाडौं । आईटी र इ–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले ‘स्मार्ट टेक्नोलोजी’  सम्बन्धी प्रदर्शनी आयोजना गरेको छ ।

कलेज परिसरमा २७ जुलाईदेखि ३० जुलाईसम्म आयोजित प्रदर्शनीमा राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रममा मुख्य आकर्षण रोबोटको लडाकु “रोबो वार” रहेको थियो । कार्यक्रममा टोली “भाइपर स्ट्राइक” ले रोबो वार जित्यो भने “काजाडोर” उपविजेता बनेको थियो । विजेता टोलीले क्रमशः ७५ हजार र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

कार्यक्रमको उद्घघाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?