+
+
WC Series
पोखरा एभेन्जर्स 2025
112/4 (14.5)
VS
३१ बलमा ५४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘आईएमई पे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्‍क गरी कारोबार गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १८:०४

काठमाडौं । ‘आईएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएस मार्फत बैंक खाता लिङ्‍क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आईएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्‍क गरी राख्न सक्नेछन् । यसका लागि ग्राहकहरूले ’आईएमई पे’ मा रहेको लिङ्‍क भाया कनेक्ट आईपीएस छनोट गरी आफ्नो बैंक खाता लिङ्‍क गर्नु पर्नेछ ।

यसरी लिङ्‍क भई सकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ ।

‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीका अनुसार ‘आईएमई पे’ ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने छ।

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धमा पनि ठूलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याइएको रेग्मीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?