+
+

धनगढीमा होटलबाट सञ्चालकसहित १० जना जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १९:५९

१६ साउन, धनगढी । धनगढी बसपार्कको कलेल होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देवबहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?