+
+

एन्फा बैठकका लागि ९ एजेन्डा थप

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते २१:३४

१६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ साउनमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ एजेन्डा थप गरिएको छ ।

केन्द्रीय सदस्यहरुले एजेन्डा थप गर्न माग गर्दै निवेदन दिएपछि एन्फाले ९ बुँदा थप गरेर यसको जानकारी मंगलबार केन्द्रीय सदस्यहरुलाई गराएको छ ।

केन्द्रीय सदस्य रवीन्द्र चन्दले ६, रुपेश अधिकारी पेमा डोल्मा लामाले ५-५ तथा अनिल मल्लले ३ बुँदा थप गर्न माग गर्दै निवेदन दिएका थिए ।

तर चन्द र अधिकारीले थप गर्न माग गरेको गत फागुन १७ गते बसेको कार्यसमिति बैठकको निर्णय उपर छलफल,  कतार विश्वकप २०२२ को टिकट र आन्तरिक अडिट रिपोर्ट तथा मल्लले माग गरेको एन्फा महासचिव बर्खास्ती सम्बन्धी एजेन्डा भने थप गरिएको छैन ।

चन्द, अधिकारी र मल्लले थप गर्न माग गरेकोमध्ये २-२ एजेन्डा समावेश गरिएको छ । यस्तै पेमा डोल्माले थप गर्न माग गरेको पाँच वटै एजेन्डा थप भएको छ ।

९ बुँदा थप गरिएपछि अब कूल एजेन्डा २० पुगेको छ । यसअघि एन्फाले विधिसहित ११ एजेन्डामा छलफल हुने जनाएको थियो ।

एन्फा बैठकका लागि थप गरिएको ९ वटा एजेण्डा

१. सांगठानिक संरचना र कर्मचारी सम्बन्धमा ।

२. एन्फा बजेट २०८०/०८१ सम्बन्धमा ।

३. अखिल नेपाल फुटबल संघको विधान संशोधन बारे ।

४. नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र महिला राष्ट्रिय फुटबल टिमको समान पुरस्कार राशीबारे ।

५. एन्फा महिला एकेडेमी संचालनबारे ।

६. महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिताबारे ।

७ महिला रेफ्रि तथा प्रशिक्षकको संख्या वृद्धिको लागि रणनीतिबारे ।

८. महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरुको पुरानो बाँकी पुरस्कारबारे ।

९. नयाँ सदस्य जिल्ला फुटवल संघ गठनबारे ।

एन्फा महासिचव किरण राईले साउन १० गते सदस्यहरुलाई पठाएको एजेन्डा सूची

१. साफ यू-१९ च्यम्पियनशिप आयोजना बारे ।

२. जिल्ला लिग, शहिद स्मारक वि, सि र महिला लिंग लगायतको प्रतियोगिताहरुको खेल नियमावली लगायत मापडण्डहरु बारे ।

३. महिला फ्रेन्चाईज लिगको सञ्चालनको अधिकार / फुटसल लिगको मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल राईटस सम्बन्धि बोलपत्र स्वीकृती बारे ।

४. संघको आपतकालिन समिति बैठकले गरेको निर्णयहरु अनुमोदन गर्ने बारे ।

५. श्री नेशन कपको प्रथम पुरस्कार अमेरीकी डलर ५०००/- खेलाडीहरुलाई वितरण गर्ने बारे ।

६. संघको आ. वा २०७९ / ०८० को लेखा परिक्षकको छनौट बारे ।

७. विशेष साधारण सभा / नियमित साधारण सभाको मिति निर्धारण गर्ने बारे ।

८. खरिद तथा मुल्याङ्कन समिति बारे ।

९. राष्ट्रिय खेलाडीहरुको औषधि उपचारको भुक्तानी सम्बन्धमा ।

१०. एन्फा कर्मचारीहरुको २०८० साउनदेखि सेवा सुविधा वृद्धि सम्बन्धमा ।

११. विविध ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?