+
+
Shares

निःशुल्क उपचार गरेकाको अभिलेख सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १३:३१

१७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकललाई पत्राचार गर्दै बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्पले हुने गरि राख्न निर्देशन दिएका हुन् ।

‘अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्य रुपमा गराउन पटक–पटक परिपत्र गरिरहेको छ’, परिपत्रमा भनिएको छ, ‘उक्त व्यवस्था अनुरुप सेवा लिएका बिरामीहरुको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा सोको विवरण सार्वजानिक रुपमा देखिने गरी राख्ने, टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्था राख्न अनुरोध गरिन्छ ।’

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याउन पटक–पटक निर्देशन दिँदै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?