+
+

‘जेलर’ रिलिजपछि रजनीकान्त हिमालय क्षेत्रको यात्रामा निस्किने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १३:४५

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त आगामी फिल्म ‘जेलर’लाई चर्चामा छन् । अब यो फिल्मको दौडधुप सकेर उनी शान्ति खोज्दै हिमालयको आध्यात्मिक यात्रामा निस्किने भएका छन् । ‘जेलर’सँग सम्बन्धित काम सकेपछि आगामी सातादेखि उनले पुनः आध्यात्मिक यात्रा सुरु गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यी साउथ सुपरस्टारले धेरै वर्षदेखि आध्यात्मिक साधना गर्दै आएका छन् । जसका लागि एक फिल्मको काम पूरा गरे पनि उनी मानसिक शान्तिका लागि हिमालयतर्फ लाग्नेछन् । सन् २०१० मा उनले स्वास्थ्य सम्बन्धि चुनौतीको सामना गरेपछि उनले यो परम्परालाई केही समयका लागि विश्राम दिएका थिए ।

सन् २०१८ मा फिल्म ‘काला’ र ‘२.०’ को काम पूरा गरेपछि सुपरस्टारले हिमालयमा आफ्नो आध्यात्मिक खोजलाई पुनः थालेका थिए । तर कोरोनाभाइरस महामारीको कारण उनको यात्रा दुई वर्ष रोकियो । अब ‘जेलर’को सुटिङ सकिएसँगै रजनीकान्त फेरि हिमालयको सौन्दर्य र शान्त वातावरणमा डुब्न तयार छन् । यो खबर बाहिरिएसँगै के उनी नेपालको हिमालय क्षेत्रमा घुम्न आउलान् भन्ने चर्चा छ ।

‘जेलर’ नेल्सनद्वारा लिखित तथा निर्देशित एक्सनले भरिपूर्ण तमिल भाषाको फिल्म हो । सन पिक्चर्सको ब्यानरमा कलानिथि मारनले निर्माण गरेका हुन् । फिल्ममा ज्याकी श्राफ, शिव राजकुमार, सुनिल, तमन्ना भाटिया, राम्या कृष्णन, मिर्ना मेनन, योगी बाबु र विनायकनले अभिनय गरेका छन् । मोहनलाल विशेष अतिथिको भूमिकामा छन् । यो फिल्म अगस्ट १० मा रिलिज हुँदैछ ।

‘जेलर’बाहेक रजनीकान्तसँग पाइपलाइनमा अर्को रोमाञ्चक स्पोर्ट्स ड्रामा फिल्म ‘लाल सलाम’ छ । यो फिल्मलाई उनकी छोरी ऐश्वर्या रजनीकान्तले निर्देशन गरेकी हुन् । यसमा विष्णु विशाल र विक्रान्तको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?